आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गरिने
मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

काठमाडौं,जेठ २९/ प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर