‘लु’ को जोखिममा बर्दिया अस्पताल !
बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ३०(फरकसमाचार)/ सरदर ओपिडिको रेर्कडमा बिरामीको संख्या २ सय ५० छ । तर,सोमबार ओपिडिमा विरामीको संख्या (चार सय)ह्वात्तै बढ्दा रेकर्ड ब्रेक गर्यो । सरसर्ती भन्दा ‘लु’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ । ‘लु’ का बिरामी बढेपनि अन्य विरामीको उपचार कठिनाई पर्ने अस्पतालमा जोखिम बढेर गएको छ ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पान्डेका अनुसार ‘लु’ वा तातो हावा चलेको बेला हिँडडुल गर्दा स्वास्थ्यमा प्रतिकुल अबस्था देखिने जोखिम अन्य बेला भन्दा बढि छ ।

बिरामीको हिस्ट्रीमा समेत ‘लु’ को कारण पत्ता लागेको उनी बताउँछन् । उनी सल्लाह दिन्छन्,‘तातो हावाबाट बच्नु बाहेकको बिकल्प छैन ।’ अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिसकेको छ । ति बिरामीलाई ‘हट स्टोक’ भएको खुलेको छ । तातो सुख्खा हावाले पाँच जना विरामी उपचार पछि घर फर्केका छन् । बैशाख दोस्रो साता देखि पश्चिम तराईमा बर्षा भएको छैन । त्यसयता ‘लु’ लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ ।

अत्याधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुःख्ने लगायतका बिरामीको चाप बढेको छ ।

यतिबेला तापक्रमको पारो उकालो लागिरहेको छ । जसरी उकालो लागेको तापक्रम अनुसार बिभिन्न किसिमका स्वास्थ्य समस्या देखिरहेको चिकित्सकको भनाई । ‘लु’ ले शरिरमा जलन उत्पन्न गर्दाे स्वास्थ्यमा प्रतिकुल असरको प्रभाव देखिरहेको छ । एक साता देखि तापक्रमको पारोले उपकरणमा कम्तिमा ४३ र बढिमा ४८ डिग्री मापन गरिरहेको छ ।

बर्दिया अस्पतालको ओपिडिको तथ्यांकमा प्रतिदिन अढाई सय (२ सय ५०) विरामी अस्पतालबाट चिकित्सकको सेवा लिईरहेका छन् । हाथ खुटा दुख्ने, थकान महशुस हुने, बेहोस हुने, वान्ता हुने, पखाला लाग्ने बिरामीका साझा समस्या रुपमा देखिनुले ‘लु’ को प्रभाव देखिएको चिकित्सक दाबी गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय