“आमा“
शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित

कपिल परियार
बढैयाताल –२ सीतापुर

आमा तिमी हौ एक पृथ्वी म हु त्यस पृथ्वीको एक जीव तिमीले पृथ्वीमा मेरा पाउ राखिदियौ खुशी छु म जब
आमा तिमीले मेरा लागि कति आँशु झार्यौं
मेरा हरेक चाहना पूरा गरी मलाई धेरै खुसी पार्यौ ।
तिमीले आफूले सक्ने सबै हर्ष अनि माया दियौ ।
तिमीले मेरा लागि कति धेरै काष्ठ झेल्यौ ।
आमा तिमी मेरा हर्षमा तिमी पनि हाँस्ने गर्यौ । भविष्यमा असल जिम्मेवार अनि भरपर्दो व्यक्ति बन्न पर्छ भन्थ्यौ ।
मेरा लागि आफ्ना हरेक खुसी त्यागी
मलाई खुसी राख्न हरेक दुःख गथ्र्याैं ।
तिम्रो दुःख गए अव खुसी दिने मेरी पालो
म तिमीलाई तिम्रो त्यो गुन तिर्न त सक्दिन तर शिर ढाक्ने भए पनि दिन्छु एउटा नरम टालो ।
आमा तिमी छौ र पो जिन्दगी रंगीन लाग्दछ ।
तिम्रो साथ सपोर्ट पाउँदा ज्यादा खुसी लाग्दछ । तिम्रो त्यो पवित्र हाथ जब मेरो शिर मा पर्दछ ।

म संग भएको दुःख चिन्तन हरु सबै भाकदछन् ।

तिमीले म सानो छँदा पुलपुलाई खुलाएको याद आयो ।
मलाई त्यही पुरानो बाल्यकालमा रमाएको याद आयो ।
तिमीले सानोमा ताते ताते गरी हिडाएको याद आयो ।
त्यही पुरानो बाल्यकालको याद आई आँखा भरी आँशु छायो । मलाई ठूलो व्यक्ति बनायौ आफ्ना सुख अनि हर्ष जलाई हृदय देखि नै सलाम छ तिमी भगवान सरी आमालाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय