कन्चन भन्डारी
बढैयाताल ८ बर्दिया
तिमीले कति सजिलै मेरो चरित्रमाथि प्रश्न उठायौ है?
तिमी(पुरुष) र तिम्रो समाज कति आहा छ है? तिम्रा लागि!!
म सुझाव दिन्छु तिमी(पुरुष)लाई,
कहिलेकाहीँ मेरा(छोरी)भावनालाई नियालेर हेर,
कहिलेकाहीँ हामी छोरीलाई बुझेर हेर,
कहिलेकाहीँ हामी छोरीलाई अघि बढ्नका लागि साथ दिएर हिँड।।
किन? के भयो? सक्दैनौ?
थाहा छ मलाई,तिमी पुरुष हौ त्यसैले सक्दैनौ।
हामी छोरी साँझसम्म घरबाहिर हुँदा, सकस हुन्छ तिमी(पुरुष) लाई,
हामीले घरभन्दा बाहिर गई काम गर्दा तिमी पुरुषको इज्जत जान्छ भन्ने डर हुन्छ तिमीलाई।।।
कस्तो अचम्म है? एउटा प्रश्न सोध्छु नि तिमीलाई है??
हामी साँझपख बाहिर जाँदा सकस हुने तिमी पुरुषलाई बाटोमा बसेर केटी जिस्काउँदा सकस हुँदैन (पुरुष) तिमीलाई?
थाहा छ मलाई तिमी पुरुष हौ नि!!
एउटा आमाको कोखबाट जन्म लिएर यति ठूलो भयौ र मै हुम भन्ने भयौ तर
छोरीको जन्म हुँदा छोरा चाहिएको थियो मलाई भन्दै अधेरी रातमा बालिएको दियोलाई निभाएर हँसिलो मुहारलाई किन जुन नलागेको रात झै अँधेरो बनायौ??
थाहा छ मलाई तिमी पुरुष हौ नि!!!!