बर्दिया असार ५/ नेपाल–भारतको खुला सीमा गुलरिया नगरपालिका वडा नम्बर ९ रामपुरका २० बर्षिय खगेन्द्र सुनारलाई शनिबार भारतीय वनरक्षकले अपहरण गरे । खगेन्द्रको खोजीमा रहेका आफन्तले भारतीय वनरक्षकले बन्धक बनाएको खुलेपछि पचास हजार तिर्ने सर्तमा सोमबार भारतीयले रिहा गरेका छन् । भारतीय वनरक्षकले कुटेर उनको देब्रे खुट्टको हड्डि दुई टुक्रा भएको एक्सरेमा देखिन्छ ।
बिपन्न परिवारका खगेन्द्रको अप्रेशन गर्न डाक्टरले सुझाए पनि मलमपट्ठि गरेर घरमा बस्न बाध्य छन् । मानसिक असन्तुलन पिडामा रहेका खगेन्द्रको बिपन्न परिवार भारतीयलाई पैसा नबुझाए ज्यानको जोखिम आँखै अघि देखेका छन भने औषधि उपचार नगरे छोराको स्वास्थ्य अवस्था बिग्रने चिन्ताले पिरोलिरहेको छ ।
सिमामा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मी वनरक्षकले नेपाली माथि ज्यादती गर्दै एक पछि अर्को घटना सार्वजनिक भईरहेको छ । यसअघि घटनाका दुई जना नेपालीको अबस्था अझै अज्ञात छ । २०७२ फागुन १२ गते दाउरा बटुल्न जाँदा भारतीय सुरक्षाकर्मीले मुर्तीहा नजिकबाट नियन्त्रणमा लिएका आशापुरका ४६ बर्षिय राम मिलन लोधको अबस्था अज्ञात छ ।
यस्तै,२०६७ फागुन ५ जमुनि ९ बस्ने हर्क बहादुर शाहीलाई घर कै अडहर बारीबाट भारतीय सुरक्षाकर्मीले पक्राउँ गरेको थियो । पक्राउँ गरेपनि शाहीको अबस्था अझै थाहा हुन सकेका छैन । अघिल्लो साता नेपाली भूमिमा प्रबेश गरेर पाँच जना नियन्त्रणमा लिएर बन्यजन्तु अपराधमा भारतीय कारागार पठाएको घटना सेलाउँन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ ।
भारतीय वनकर्मीले बिपन्न बर्गका पाँच जनासँग ठूलो रकमको डिमान्ड गर्दा जोहो नगरेपछि झुटा मुद्दामा सीमाका नेपालीलाई फसाएको स्थानीयको आरोप छ ।
सिमानामा नेपाली जनतालाई भारती वन रक्षकहरुले असुल गर्न नेपाल भूमिमा प्रबेश गरेर नेपालीलाई नियन्त्रण लिने गरेको सीमाबासीको गुनासो छ । कुटपीट गर्ने धरपकट गर्ने पैसाको लागि विभिन्न आरोपमा अपहरण गर्ने वेपत्ता पारी हत्या समेत गरेका यसअघिको रेर्कडमा देखिन्छ । नेपाल सरकार आफ्नो जनताको सुरक्षाको निम्ती केही सुरक्षामा कडा निगरानी नगरेर मुख दर्शक बनेको गुलरिया नगरपालीका वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद पासवानले बताए ।
जिल्ला सुरक्षा प्रमुखले उच्च भारतीय अधिकारी समन्वयमा देखिएको कमजोरीका कारण सीमाका भारतीय कर्मचारीले उग्र दमन गरेको तर्क गर्छन् । बर्दियामा पाँच महिनामा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई सरुवा ग¥यो । एक साता अघि सरुवा भएर आएकी प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्मा यतिबेला काठमाडौंमा छिन् ।
नेपाल र भारतको ८३ किलोमिटर खुला सीमा नजिक दर्जन बढि सीमावर्ती गाउँ छन् । सुरक्षा प्रमुखले भारतीय उच्च अधिकारीसँग देखिएको कमजोर सम्बन्ध सीमावर्तीमा खटिने भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रताडित गर्ने गरेको स्थानीय बताउँछन् । प्रहरीको ध्यान किनमेलमा जाने सर्वसाधारण माथी हुन्छ । यस्ता बेपत्ता पार्ने,नेपालको भूमिमा आएर नियन्त्रण लिने,खुलेआम भारतीयले खुलेआम असुलि धन्धा चलाउँदा नेपालको प्रशासन मुख दर्शक बनिरहेको सीमाबासीको आरोप छ ।
सशस्त्र प्रहरी ३१ नम्बर गणका एसपि चित्राङ दाहालले भारतीय क्षेत्र भित्र माछा मार्न गएका अवस्थामा खगेन्द्रलाई नियन्त्रणमा लिएको बताए । ‘भारतीय पक्षका सीमा सुरक्षा बलसँग हाम्रो समन्वय भईरहेको छ,’उनले भने,‘यस बारेमा भारतीय सीमा सुरक्षा बल अनभिज्ञ छ, वनको टोलीले ज्यादति गरेको देखिन्छ ।’मानसिक सुस्तता भएकालाई मानवता हेरेर पनि कुटपिटि गर्न नहुने एसपि दाहालले बताए । स्रोत नागरिकन्युज