नगरलाई समुन्नत र आर्थिक समृद्धि बनाउने मधुवनको नीति
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

बर्दिया, असार ११(फरकसमाचार)/ आत्मनिर्भरता सहितको व्यवसायीक कृषि तथा पशुपालन, पर्यटन, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा, दिगो भौतिक पुर्वाधारको माध्यमबाट नगरलाई समुन्नत र आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने मधुवनले नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार मधुवन नगरपालिकाद्वारा आयोजित चौधौं नगर सभामा उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरपालिकाको समृद्धि र विकासको लागि प्राप्त हुने स्रोत र साधनको उच्चतम प्रयोग गरि दिगो भौतिक पुर्वाधारलाई प्राथमिकता दिदै सामाजिक तथा आर्थि विकासलाई पनि संगसंगै अगाडि बढाउन आत्मनिर्भरता सहितको व्यवसायीक कृषि तथा पशुपालन, वातावरण तथा सरसफाई, शिक्षा, स्वास्थ्य, महिला/बालबालिका/जेष्ठ नागरिक, थारु समुदाय तथा अन्य जनजाती, दलित, मुक्त कमैया, सिमान्तकृत तथा लोपउन्मुख समुदाय लगायतका क्षेत्रको सन्तुलित र दिगो विकासलाई आत्मसात गर्ने नीति नगर प्रमुख भाटले प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा उल्लेखि लक्ष्य र उदेश्यहरु हासिल गर्न भौतिक पुर्वाधार तथा सहरी विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, आर्थिक विकास(पशु सेवा क्षेत्र), आर्थिक विकास(कृषि सेवा तर्फ), आर्थिक विकास (उद्योग तथा लघु उद्यमतर्फ), महिला बालबालिका, जेष्ठ नागरिक, लक्षित समुह तथा सामाजिक सद्भाव सहिष्णुता, आर्थिक प्रशासन तथा राजस्व परिचालन, संस्कृति तथा पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन, सहकारी विकास, भू–सेवा, सामाजिक सुरक्षा तथा व्यक्तिगट घटना दर्ता, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत सुशासन,जनशक्ति तथा क्षमता विकास, न्यायिक समिति, रोजगार सेवा, खानेपानी तथा सरसफाई, मानव अधिकार र सुरक्षा, आन्तरिक व्यवस्थापन तथा खरिदलाई प्राथमिकतामा राखी मधुवन नगरपालिकाले आगामी आवको लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

मधुवन नगरपालिकाको चौधौं नगर सभामा नगर प्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय