दुई थान एयर गनसहित एक पक्राउ
बुधबार, असार १३, २०८१ मा प्रकाशित

बर्दिया,असार १२(फरकसमाचार)/ अबैध हथियार एयर गनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–२ ढुङ्ग्रहीका ५६ वर्षिय बटुरिया थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

मधुवन नगरपालिका–५ गाउँ नंम्बर १० शक्तिपुर स्थितबाट सशस्त्र प्रहरी बिओपी शक्तिपुर चेकपोष्टबाट खटिएको प्रहरी टोलीले थारुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका थारु लु ३ प १६६२ नंम्बरको मोटरसाइकल चलाएर भारततर्फबाट नेपाल तर्फ शंकास्पद रुपमा आउँदै थिए ।

सशस्त्र प्रहरीले थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा इन्टरनेशनल एयर गन लेखेको एयर गन २ थान, गनमा प्रयोग हुने इनामेल लगाएको जस्तो देखिने मासको दाना जस्तो छर्रा ५ सय ग्राम, छाता २१ वटा र डिएपी मल १० केजी फेला परेको जनाईएको छ ।

थारुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढोढरीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय