बढैयातालका तीन किशोरी नमुना सांसद
बिहिबार, असार १४, २०८१ मा प्रकाशित

बर्दिया,असार १२(फरकसमाचार)/ भनिन्छ,‘अवसर दिए अब्बल हुने न हो । अब्बल सावित गर्नका लागि अवसरको खोजी गरेर मात्र भएन । त्यस अवसरलाई ग्रायब गर्न सक्नु पर्छ ।’ तर पुरातनले सोचले जरा गाड्दा हाम्रो समाज महिला प्रति अलि अनुदार छ । समाज किशोरी प्रति अनुदार देखिदा प्रतिभा प्रस्फुटन भईरहेको देखिदैन ।

समाजको अनुदारतालाई चिर्दै बढैयातालका किशोरी सपना बिक, स्वतिका खड्का र सरिना थारु प्रतिपक्ष सांसदको भूमिकामा उत्कृष्ट प्रर्दशन गरे । बर्दिया जिल्लाको कुरिति, बिसंगतिको बिषयमा सभामा प्रबेश गरेर उजागर गरी फर्किएपछि झन उत्साहित छन् । नमुना सांसद अभ्यास २०८१ का लागि भारी मासमा गरिएको सम्बोधनले फरक किसिमको उर्जा दिँदा तीन किशोरी मख्ख छन् ।

बैशाखमा नमुना सांसद अभ्यासको लागि चार दिनको तालिममा राष्ट्रिय यूवा परिषदको आयोजना भएको प्रशिक्षणमा प्रत्येक वडाका पाँच जनालाई बढैयाताल गाउँपालिकाले अवसर दिएको थियो । प्रत्येक वडाबाट पाँच जना छनोट भएका मध्य तीन किशोरी उदाहरणिय सांसदको भूमिका निभाएको बिल्ला यतिबेला भिरेका छन् । सामाजिक संजलामा सपना लेख्छिन् ‘बढैयाताल गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई लुम्बिनी प्रदेश नमुना युवा संसदमा सम्पुर्ण बर्दिया जिल्लालाई प्रतिनिधित्व गर्न सुन्दर र जिम्मेवार पुर्ण अवसर प्रदान गरीदिनु भयो ।’
संसदीय प्रक्रियामा हामीले संसदीय व्यवस्थापन, निर्णय गर्ने प्रक्रिया, चर्चा गर्ने कौशल, राजनीतिक विषयमा जानकारी, विचार विमर्श गर्ने क्षमता, नीति तथा कानूनको बारेमा जानकारी, अन्य महत्वपूर्ण कौशलहरू, हामीले विभिन्न जिल्लाबाट विभिन्न सृजनात्मक साथीहरूसँग जडान हुने र सिक्ने अवसर पायौ ।

यसले हामी जस्ता युवाहरूलाई सामाजिक, राजनीतिक, सार्वजनिक विषयमा अध्ययन गर्न र अनुभव हासिल गर्न सहायक बनाउँछ ।
युवाहरूलाई सक्रिय रूपमा संलग्न गर्नका लागि यस्तो उत्कृष्ट अवसरहरूको व्यवस्था गर्न अत्यन्त आवश्यक रहेको औल्याईएकि छन् । प्रतिपक्ष सांसदको भूमिकामा निर्वाह गरेर लुम्बिनी प्रदेशबाट फर्केकि उनले टेलिफोनमा भनिन्,‘हामी पनि मासका अघि कुरा राख्ने मौका पायौ, बर्दियाबाट गरिएको प्रतिनिधित्वले गौरव महशुस भएको छ ।’
संसदको नमुना अभ्यास देखि प्रदेशसम्म सांसदको भूमिकाको अवसर दिन श्रेय बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिलाई गएको छ । कानुनी ज्ञान देखि संसदका भूमिका निभाउँन अभ्यस्त प्रशिक्षक प्रकाश उपाध्यायले प्रशिक्षण गराएका तीन किशोरी अन्तत अब्बल साबित भए ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् बुटवलको आयोजनामा उक्त कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय