ठाकुरद्वारामा देशभरिका वन्यजन्तु विज्ञको जमघट
बिहिबार, असार १४, २०८१ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,असार १३(फरकसमाचार)/ मानव वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण गर्ने उदेश्यले देशभरिका वन्यजन्तु विज्ञहरुको टोली ठाकुरद्वारामा जमघट भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा आयोजित मानव वन्यजन्तु बीचको असमझदारी रोकथाम तथा उपचारात्मक उपाय सम्बन्धि कार्यशाला गोष्ठीमा विज्ञहरुको जमघट भएको हो ।

बुधबार उद्घाटन भएको दुई दिने कार्यशाला गोष्ठी बिहीबारसम्म चल्नेछ । गोष्ठीमा विभिन्न वन्यजन्तुका बारेमा विज्ञता हासिल गरेका २५ विज्ञहरुको सहभागिता रहेको छ । पछिल्लो समयमा मानव वन्यजन्तु बीच किन द्वन्द्व बढ्दै गएको बारेमा बृहत छलफलपछि न्युनिकरणको लागि निचोड निस्कने आयोजकले विश्वास लिएको छ ।

गोष्ठीमा बाघ, हात्ती, गैंडालगायतका वन्यजन्तुका विज्ञहरुले १६ बढी कार्यपत्र प्रस्तुत गर्ने बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार रामले बताए । ‘यस क्षेत्रमा मानव र वन्यजन्तु बीच द्वन्द्व छ,’ वरिष्ठ संरक्षण अधिकृत रामले भने,‘यस कार्यशाला गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरणमा मद्दत पु¥याउने विश्वास छ ।’

मानव र वन्यजन्तु बीचको सहअस्तित्वलाई जोगाउनु पर्छ

कुनै पनि एरियालाई संरक्षित क्षेत्र तोक्छौं भने त्यसको दिगो व्यवस्थापन र त्यस संरक्षण क्षेत्र बाहिरका सामुदायको दिगो व्यवस्थापन उनीहरुको आयआर्जनसंग जोडिएका विषय वस्तुको व्यस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘वर्षौसम्म संरक्षित एरिया रहेको छ, वन्यजन्तुको संख्या बढिरहेको छ,’प्रजिअ शर्माले भनिन्,‘संख्या बढ्दै जान्छ, संरक्षित एरिया त्यतिनै छ ।’ वन्यजन्तु अन्तरसम्बन्धमा बाच्नु पर्ने कुराहरु हुन्छन् ।

ती कुराहरु लोभ हुदै गईसकेपछि ती वन्यजन्तुहरु खाना पानीको खोजीमा बाहिर निस्कनु पर्ने हुन्छ । जसकारण जनावरमैत्री विकास गर्न जरुरी रहेको प्रजिअ शर्माले सुनाईन् । वन्यजन्तु बस्तीमा किन निस्कन्छ र किन मानवलाई आक्रमण गर्छ ? सहअस्तित्व कायम गर्न त्यस्ता वन्यजन्तुको व्यवहारको अध्ययन गरेर सोही अनुसार वातावरण बनाए मानव र वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण हुने धारणा प्रजिअ शर्माले राखिन् ।

वन्यजन्तुले आफ्नो बाली व्यवहार परिर्वतन गर्न नसक्ने मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । वन्यजन्तुहरुको बानी व्यवहार बुझेर हामी मानवले नै आफ्नो बानी व्यवहार परिर्वतन गर्न जरुरी रहेको नगर प्रमुख भाटले सुनाए । विज्ञहरुको जमघटले मानव र वन्यजन्तु बिच सहअस्तित्व कायमको लागि निकालेको निष्कर्षलाई स्थानीय सरकारले आत्मसाथ गर्ने बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले बताए ।

निकुञ्जको क्षेत्रफल त्यत्तिनै छ तर बाघको संख्य १ सय २५ पुगेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालले बताए । वन्यजन्तुहरुको लागि उक्त क्षेत्रफल उचित छ छैन अध्ययन हुन जरुरी छ ।

यस गोष्ठीमा बहुआयामिक छलफलपछि मानव वन्यजन्तु बीचको सहअस्तित्वको लागि सुझाव संकलन हुने र देखिएका नीतिगत समस्या सुधारको लागि विभागबाट पहल हुने राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका वरिष्ठ योजना अधिकृत हरिभद्र आचार्यले बताए ।

मानव वन्यजन्तुको विचको असमझदारीका निम्तिरहेको समयस्या यस जमघटले निष्कर्ष निकाल्ने पूर्व वार्डेन रमेश थापाले बिश्वास व्यक्त गरे ।‘वन्यजन्तुको के असमझदारी, मानिस समझदार नहुदाँ समस्या निम्तिरहेको छ,’ थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय