पत्रकार महासंघमा प्रेस युनियनको तालाबन्दी
आइतबार, असार १७, २०८१ मा प्रकाशित

बर्दिया,असार १६(फरकसमाचार)/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालयमा प्रेस युनियनले तालाबन्दी गरेको छ । विधान अनुसार सदस्याता विवाद समाधानको माग गर्दै नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले महासंघ कार्यालयमा शनिबार तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रले क्रियाशील पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरि गैर पत्रकारहरुलाई सदस्यता प्रदान गरेको कदम विरुद्ध तालाबन्दी गरिएको नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले बताए । प्रेस युनियनको माग सम्बोधन नगरे थप आन्दोलनमा होमिने अध्यक्ष श्रेष्ठले जनाए ।

नेपाल पत्रकार महासंघले असार २२ गते जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन तय गरेको छ । वास्तविक पत्रकारको छुटेको नाम समावेश गरि अन्तिम मतदाता नामावलीमा सार्वजनिक गर्ने महासंघ र युनियनसंग सहमति भएको थियो । सो सहमतिलाई बेवास्ता गरि एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउन प्रयत्न गरेको प्रति युनियनको घोर आपत्ति छ ।

महासंघले सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियनले विज्ञप्तीमार्फत आग्रह गरेको छ । महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसंग गरेको प्रतिवद्धता कार्यान्वयन नगरि बिधान अनुसार सदस्यता विवाद नटुग्याई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा प्रेस युनियन जिल्ला शाखा बर्दियाले थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिदै महासंघमा तालाबन्दी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय