वास संरचनाको दिर्घकालीन प्रयोगको लागि मर्मत संभार तालिम
आइतबार, असार १७, २०८१ मा प्रकाशित

बर्दिया,असार १६(फरकसमाचार)/ पहुँच युक्त खानेपानी सरसफाइ तथा स्वच्छता(वास)संरचनाको दिर्घकालीन प्रयोगको लागि मर्मत तथा संभार तालिम दिईएको छ । १५ वटा विद्यालयका खानेपानी सरसफाइ तथा स्वच्छता (वास) फोकल पर्सन शिक्षक र कार्यालय सहयोगीलाई शनिबार तालिम दिईएको हो ।

वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द (एनएफसीसी), राष्ट्रिय अपांगमहा संघ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्थाद्वारा संचालित वास गेन्स परियोजनाले जिल्ला स्थित ३३ वटा विद्यालयमा पहुँचयुक्त वास सुविधाका संरचनाहरु मर्मत तथा संभार गर्दै आएको छ । परियोजनाले पहिलो चरणमा १५ वटा विद्यालयमा पहुँच युक्त शौचालय, खानेपानी धारा, हातधुने धारा लगाएतका खानेपानी सरसफाइ र स्वच्छतासँग सम्बन्धीत संरचना निर्माण तथा मर्मत सम्भार गरेको छ ।

परियोजनाले ती निर्माण भएका संरचनाहरु विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । विद्यालयमा निर्माण भएका वासका संरचनाहरुको दिर्घकालीन रुपमा सही प्रयोग होस् भन्ने उदेश्यले मर्मत तथा संभारको तालिम दिईएको परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत मान बहादुर चौधरीले जनाए ।

विद्यालयमा निर्माण गरिएका पहुँचयुक्त शौचालय, सेप्टिक टंकी, सोकपिट, ह्याण्डवास स्टेशन, खानेपानी स्टेशन, फोहोर ब्यवस्थापन खाडल लगायतका संरचनाहरुको कसरी स्याहार तथा मर्मत संभार गर्ने तालिममा व्यापक रुपमा सिकाईएको छ ।

गुलरिया नगरपालिका–६ स्थित रहेको श्री बंगलामुखी राधाकृष्ण माविमा शनिबार सहभागीहरुलाई प्रत्यक्ष अभ्यास गरेर देखाईएको छ । विद्यालयका खानेपानी ट्यांकीको टुटी वा पाईप फुट्यो वा बिग्रिएर समस्या आयो भने तत्काल कसरी समाधान गर्ने देखाईएको छ । यस तालिमले विद्यालय स्थित रहेका वासका संरचनामा कुनै समस्य देखिए तत्काल मर्मत संभार हुने र संरचनाको दिर्घकालीन रुपमा सही प्रयोग हुने विश्वास छ । त्यसैगरि खानेपानी शुद्धिकरणको लागि कति मात्रामा क्लोरिन हाल्नेसमेत सिकाईएको छ ।

गेरुवा गाउँपालिका वास फोकल पर्सन रमेश बजगाई, वाटरएड नेपालका प्राविधिक अधिकृत रविन्द्र गोदार, बेस बर्दिया वास गेन्स परियोजनाका प्राविधिक अधिकृत बसन्त यादवलगायतले वास संरचनाको मर्मत तथा संभार सम्बन्धी सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय