जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ
मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित

बर्दिया,असार १८(फरकसमाचार)/ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ का १८ वर्षिय सुनिल राढ पटेल र २७ वर्षिय सृजन सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

पिडित किशोरीले दिएको जाहेरीको आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । गत शनिबार बारबर्दिया नगरपालिका–५ बनघुस्री चाँदनी चोक देखि एक सय मिटर पर सृजनशिल सामुदायिक वनमा लगी दुवै जनाले जबरजस्ती करणी गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

किशोरीले आइतबार इलाका प्रहरी कार्यालय बानियाभारमा जाहेरी दिएकी थिईन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय