कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकहरु धर्नामा
बुधबार, असार २०, २०८१ मा प्रकाशित

काठमाडौँ,असार १९/कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। बुधवार अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिइरहेका छन्।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ।

उनले भने, ‘हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो। समायोजन गर्दा दरबन्दी भन्दा बढी समायोजन गर्‍यो। त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो। त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ। संघमा संख्या १० र समायोजन २० गरेजसरी  बढी संख्यामा समायोजन गरेको थियो।

त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो। हाम्रो वृद्धि विकास पूरै ठप्प भयो। दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हौ। हामी सबै अधिकृतहरुले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ।’ उनले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरु बिदामा बसेको पनि बताए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय