भोटेकोशीको ढलानमा पुरिएर बर्दियाका दुई कामदारको मृत्यु
शनिबार, असार २३, २०८१ मा प्रकाशित

काठमाडौं,असार २२/ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर बर्दियाका दुई कामदारको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र वडा नंम्बर ५ का सुमन थारुको मृत्यु भएको हो ।

उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचना भन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको प्रहरी नायव निरीक्षक भट्टराईले बताए । शुक्रबार राति ढलान खस्दा ११ जना कामदार घाईते भएको थिए । शुक्रबार राति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै कामदार मृत भेटिएका हुन् ।

गत वर्षको साउन महिना देखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङ भन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । एघार जनाको तत्काल उद्धार गरिएको थियो । उनीहरु सबै घाइते छन् । उनीहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय