बर्दिया,असार २४/ बर्दियाको गुलरियामा बबई नदिले विकराल रुप लिदै छ । बबई नदिको वहावले नदि छेउ बस्ने स्थानीयहरु सुरक्षित स्थानमा जाने क्रम जारी नै छ । तर गुलरिया नगरपालिका–८ स्थित पशु हाट बजार नजिक बबई नदिको बहाव र भिषण बर्षाका बिच नदिमा माटोको ड्याम बनाउने काम भईरहेको थियो ।
नदिमा पानीको बहाव बढेसंगै पानीले काम सकिन बाँकी रहेको ड्याम भत्काउन सक्ने देखेर बाढी आउदा समेत ड्याम बनाउन ठेकेदारलाई आदेश दिइएको बबई भादा औराही आयोजना गुलरियाका प्रमुख शिवजी शाहले बताए । गुलरियाको पशु हाट बजार नजिक बनेको ड्याम बबई नदिको बहावले थोरै कटान भएको र अझै बढि कटान हुने सम्भावना देखे पछि ठेकेदारलाई बाढी र बर्षाका बिच ड्याम बनाउन लगाईएको शाहले जनाए ।
पशु हाट बजार नजिको काम २०७७/२०७८ मा केश मित्र निर्माण सेवासंग १० करोड ६८ लाखमा सम्झौता भई काम भईरहेको र हाल सम्म ८० प्रतिशत काम सम्पन्न भई सकेको समेत शाहले जानकारी दिए । काम अधुरो भएकोले ड्याम नबन्दा, पानी बस्ती पस्न सक्ने देखेर बाढी र बर्षाका बिच ड्याम बनाउन लगाएको बताए । बर्षा र पानी नआउँदै ड्याम बनाउनु पर्ने थियो तर काम गरेछु भन्ने पार्न मात्र काम गरेको हो की स्थानीयहरुले आरोप लगाएका छन् । बर्षा नहँुदा काम नगरी बस्ने र बर्षा र बाढी आए संगै देखावटी काम गरेका छौ भनि देखाउन खोजेको स्थानीयको भनाई छ ।