सिमामा तस्करी बढ्यो
मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

बर्दिया,असार २५(फरकसमाचार)/ भारतबाट भन्सार छली ल्याएको चार जिउ राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–११ लालपुर स्थितबाट प्रहरीले चार जिउ राँगा सोमबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिईएका राँगाको मुल्य रु २ लाख ५० हजार बराबर छ । नियन्त्रणमा लिईएको राँगा राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी गुलरियाले जनाएको छ ।

त्यसैगरि गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट अबैध रुपमा भारतबाट ल्याईएको माछा प्रहरीले आइतबार बरामद गरेको छ । मुल्य रु १२ हजार ५ सय बराबरको बैखा जातको ५० किलोग्राम माछा फेला पारी पशु क्वारेन्टाईन चेकपोष्ट गुलरियामा बुझाएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–४ वन कार्यालय स्थितबाट मुल्य रु ४ हजार ८ सय बराबरको अबैध भारतीय ६० किलोग्राम पास्ता बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय