बर्दिया,असार २६(फरकसमाचार)/ तिव्र गतिमा रहेको कार अनियन्त्रित भई बाटोबाट तल खेतमा पुगेको छ । गुलरिया नगरपालिका–१ हुलाकी सडक सम्झना टोल स्थित मंगलबार बिहान ३ बजे कार बाटोबाट तल झर्दा दुर्घटनामा परेको हो ।
टिकापुर कैलालीबाट बाँके कोहलपुर तर्फ जाँदै गरेको प्रदेश ०३–१–२४ च २२९५ नंम्बरको कार अनियन्त्रित भई बाटोबाट तल झरेको हो ।
बाँके कोहलपुर नगरपालिका–१० का २७ वर्षिय देवीकृष्ण जैशीले चलाएका थिए । कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको बताईएको छ । कारमा चार जना सवार थिए । चालक जैशीको दाहिने हातमा चोट लागेको छ ।
बाँकी तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ । कारको अगाडिको भाग चक्नाचुर भएको छ । प्रहरीका अनुसार चालकले मापसे गरेर कार चलाएका थिए ।