भारतीयको कमाउ धन्धामा ठगिदै नेपाली
शुक्रबार, असार २९, २०८१ मा प्रकाशित

बर्दिया,असार २८(फरकसमाचार)/ सम्पुर्ण समस्याबाट छुटकारा दिलाउने सत प्रतिशत ग्यारेण्टी दिदै एक भारतीय पण्डितले गुलरियामा कमाउ धन्धा सुरु गरेका छन् । भारतीय ज्योतिषी पण्डित एस (संजय) शास्त्रीले बिहीबार देखि गुलरियामा हस्तरेखा, फोटो र अनुहार हेरेर भविष्यवाणी गरेर कमाउ धन्धा सुरु गरेका हुन् । गुलरियाको विजया गेष्ट हाउसको कोठा नं. २२२ मा पण्डित एस शास्त्रीले बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म भविष्यवाणी गरेर कमाउ धन्धा सुरु गरेका छन् ।

उक्त धन्धा साउन ३ गतेसम्म चल्ने पम्पलेटमा उल्लेख गरिएको छ । हस्तरेखा, फोटो र अनुहार हेरेर सम्पुर्ण समस्याबाट छुटकारा दिलाउने सेवा निःशुल्कमा होइन । पर व्यक्तिको रु ३ सय टिकट लाग्नेछ । सम्बन्धित निकायले उक्त धन्धा तत्काल रोकेन भने अधिकांश सर्वसाधारण ठगिने जोखिम बढेको छ ।

विज्ञानको जाबनामा तन्त्र मन्त्र तथा ज्योतिषी विद्याको सत प्रतिशत ग्यारेण्टीको झासा दिएर खुलेआम सर्वसाधारणसंग रकम असुल गर्ने भारतीय पण्डितले धन्धा चलाएको पाईएको छ । मान्छेले ज्योतिषी विद्याको केहि प्रतिशत विश्वास गर्नु स्वभाविक हो तर, सत प्रतिशत ग्यारेण्टी दिएर सर्वसाधारणलाई ठग्ने कार्य कतिको उचित हो सम्बन्धित निकायबाट मुल्यांकन हुन जरुरी छ ।

सर्वसाधारणलाई ग्यारेण्टीको झासा दिएर कमाउने चक्करमा पण्डितले ठगी धन्धाको सुरुवात गरेको एक स्थानीयले बताए । ‘बर्खाको बेला सर्वसाधारणलाई आर्थिकको त्यस्तै अभाव हुन्छ,’उनले भने,‘त्यसैमा पण्डितले पर व्यक्तिको रु ३ सय शुल्क लिएर ठगी धन्धा चलाएका छन् ।’ भारतीयले खुलेआम यस्तो ठगि धन्धा चलाउदासमेत प्रशासन मौन हुनु दुःखद रहेको उनले सुनाए । सम्बन्धित निकायले तत्काल सोधपुछ गरि सर्वसाधारणलाई ठगिनबाट जोगाउनु पर्ने उनले माग गरे ।

कुनै रोग लाग्दा डाक्टरले सत प्रतिशत ग्यारेण्टी दिदैनन् । निको गर्ने उदेश्यले कोसिसमा लाग्छन् । तर,पण्डितले तन्त्र मन्तबाट रोग पिडा, व्यापारमा नोक्सान, घर कलह र लागु पदार्थबाट छुटकारा दिलाउने सत प्रतिशत विश्वास दिलाएका छन् । तन्त्र मन्त्रको सत प्रतिशत ग्यारेण्टी दिलाएको पर्चा पम्पलेट बिहीबार गुलरिया बजारमा छ्याप छ्याप्ती वितरण गरेको पाईएको छ ।

अनुमति नलिएर गैरकानुनी रुपमा यस्तो धन्धा चलाउन नपाईने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘प्रशासनले अनुमति दिएको छैन,’प्रजिअ शर्माले भनिन्,‘प्रहरीलाई भनेर यस घटनाको सोधपुछ गर्न लगाएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर