लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ
शुक्रबार, असार २९, २०८१ मा प्रकाशित

काठमाडौं,असार २८ / नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय