गुलरियामा नयाँ स्वाँद पस्कदै ब्ल्याक बक जाभा रेष्टुरेन्ट
आइतबार, असार ३१, २०८१ मा प्रकाशित

बर्दिया,असार ३० (फरकसमाचार)/ गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक नजिक सुविधा सम्पन्न रेष्टुरेन्ट संचालनमा आएको छ । राधाकृष्ण चोक देखि करिब एक सय मिटर उत्तर तर्फ ब्ल्याक बक जाभा एण्ड फुड ल्याण्ड रेष्टुरेन्ट शुक्रबार देखि संचालनमा आएको हो ।

गुलरियाका युवा व्यवसायी बिमल केसी, प्रकाश श्रेष्ठ, जगदिश अधिकारी, धीरेन्द्र विसीको संयुक्त लगानीमा सुविधा सम्पन्न रेष्टुरेन्ट संचालनमा आएको छ । सबै उमेर समुहलाई गुणस्तरीय सेवा दिने गरि रेष्टुरेन्ट संचालनमा ल्याईएको छ ।

संचालनमा आएको रेष्टुरेन्टले नयाँ स्वाँद पस्कने संचालकहरुले विश्वास दिलाएका छन् । उक्त रेष्टुरेन्टमा परिवारका सदस्यहरुसंग बसेर खाने रमाईलो गर्ने वातावरण उपलब्ध छ । थकाली खाना, सेकुवा, कफी, केक, पिज्जा, ब्रेड बर्गरलगायत नयाँ स्वाँदका अनेक आईटम उपलब्ध रहेको जनाईएको छ । त्यति मात्र कहाँ हो बालबालिकाको लागि राम्रो खेल्ने ठाउँ रहेकोले बालबालिकाको रोजाईमासमेत उक्त रेष्टुरेन्ट पर्ने विश्वास छ । बालबालिकाले खेल्ने चिप्लेटी, पिङ, उफ्रिनेलगायतका आकर्षक खेल सामाग्रीको व्यवस्था छ ।

रेष्टुरेन्ट उद्घाटनमा पुगेका गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले युवा व्यवसायीहरुले सुरुवात गरेको कामको प्रशंसा गरेका थिए । रेष्टुरेन्ट उद्घाटनमा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

रेष्टुरेन्ट उद्घाटनकै अवसरमा मिस नेपाल २०२४ की प्रतिस्पर्धी पाँचौ स्थानमा पर्न सफल कन्टेस्टेन्ट नंम्बर १७ बर्दियाकी चेली प्रेरभिटा स्वारको उपस्थिती रहेको थियो । मिस नेपालकी प्रतिस्पर्धी स्वारले बर्दियाबासीसंग भोट माग्ने क्रममा गुलरिया आएकी थिईन् । बर्दियाकी चेलीलाई भोट गरेर जिताउन गुलरिया नगरपालिकाका नगर प्रमुख यादवले आग्रह गरेका छन् । उनलाई खल्ती एप्सबाट भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय