काठमाडौं,असार ३१ /नेपाली कांग्रेसले सरकारमा जाने आफ्ना मन्त्रीहरूको नाम टुङ्ग्याउन नसक्दा प्रधानमन्त्रीको शपथग्रहणमा ढिलाई हुने भएको छ।
कांग्रेससहित साना दलको समर्थनमा आइतवार प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोमवार बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम थियो। तर, कांग्रेले सरकारमा जाने आफ्ना मन्त्रीहरूको नाम अझै टुङ्ग्याउन नसक्दा शपथग्रहणसँगै मन्त्रीपरिषद् विस्तारमा ढिलाई भइरहेको छ।
हालसम्म नेकपा एमाले, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले आफ्ना मन्त्रीहरूको नाम टुङ्ग्याइसकेको छ। नागरिकन्युजबाट साभार