मङ्गलबार, साउन ०१, २०८१
मा प्रकाशित
1712
Shares
बर्दिया,साउन १(फरकसमाचार)/ लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ बाईपास रोड स्थितबाट प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २२ वर्षिय अबराज खाँ र बाँसगढी नगरपालिका–५ का २८ वर्षिय सिजन पौडेल रहेका छन् । दुवै जना भारततर्फबाट शंकास्पद रुपमा आईरहेका थिए ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा दुई प्लाष्टिकमा बेरि राखेको अवस्थामा लागु औषध ब्राउन सुगर फेला परेको छ । प्रहरीका अनुसार ६ सय ७० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।