बर्दिया,साउन २(फरकसमाचार)/ सर्पले टोकेको थाहा नपाउँदा एक युवकको ज्यान गएको छ । गुलरिया नगरपालिका–८ सर्जु नदि टपराका २२ वर्षिय समिर बेहनाको मंगलबार ज्यान गएको हो ।
बिस्तरमा राती सुतिरहेको अवस्थामा उनलाई करेट सर्पले टोकेको थियो । राती कति बजे उनलाई सर्पले टोकेको एकिन भएको छैन । बिहान ४ बजेदेखि उनलाई गाह्रो महसुस भएको थियो ।
त्यति बेलासम्म सर्पले टोकेको जानकारी भएन । अचेत भईसकेपछि उनलाई बर्दिया अस्पताल लगिएको थियो । चेकजाँच गर्दा सर्पले टोकेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसपछि शरिरमा चेकजाँच गर्दा घाँटीमा टोकेको निसान भेटियो ।
बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंज रिफर गरेको थियो । नेपालगंजमा उपचारको क्रममा मंगलबार दिउँसो युवकको मृत्यु भएको जनाईएको छ । त्यसपछि घरमा सर्प खोज्दा करेट सर्प पनि फेला परेको थियो । वर्षातको मौसममा सर्पको बिगबिग छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।