लागु औषधसहित तीन पक्राउ
बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

बर्दिया,साउन ३(फरकसमाचार)/लागु औषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ शितला बजार स्थितबाट प्रहरीले तीन जनालाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–७ का २७ वर्षिय खुदुस खाँ, सुफयान खाँ र ३९ वर्षिय महम्मद खाँ रहेका छन् ।

शंकास्पद रुपमा रहेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा खुदुस खाँको साथबाट लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकले बेरेर राखेको अवस्थामा ८० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर