बर्दिया,साउन ४(फरकसमाचार)/ कर्तव्य ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले नौ वर्षपछि पक्राउ गर्न सफल भएको छ । राजापुर नगरपालिका–७ का ३५ वर्षिय कुश कुमार चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला अदालतले विस २०७२ साल बैशाख २० गते कर्तव्य ज्यान मुद्दामा चौधरीलाई २० वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतले कैद सजाय तोकेदेखि चौधरी फरार रहेका थिए । बाँसगढी नगरपालिका–३ स्थित भगवती सामुदायिक वनको किनारमा लुकिछिपि बसिरहेको अवस्थामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।