एकैदिन लागु औषधसहित तीन पक्राउ
सोमबार, साउन १४, २०८१ मा प्रकाशित

बर्दिया,साउन १४(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित प्रहरीले एकैदिन तीन जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ती टोलीले लागु औषधसहित तीन जनालाई शनिबार पक्राउ गरेको हो ।

बाँसगढी नगरपालिका–८ ककौरा चोक स्थितबाट सोही ठाउँका ३० वर्षिय प्रकाश थारु र २१ वर्षिय सोम प्रसाद थारु पक्राउ परेका छन् । दुवै जना साईकलमा शंकास्पद रुपमा हिडिरहेका थिए । प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रकाश थारुको साथबाट प्लाष्टिकको पुरियामा राखेको अवस्थामा ४० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो फेला परेको छ ।

त्यसैगरि बढैयाताल गाउँपालिका–२ फुटाह स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका २४ वर्षिय गणेश परियार लागु औषधसहित पक्राउ परेका छन् । शंकास्पद रुपमा रहेका परियारलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ सय १० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको हो । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय