बर्दिया, साउन १६(फरकसमाचार)/ पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको पाईएको छ । एक साता अघि देखि ज्वरो र झाडापखालाका बिरामीको चाप बढेको हो । अत्याधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढेको अनुमान छ । यति बेला पेट दुख्ने, ज्वरो आउने र पखाला लाग्ने जस्ता बिरामीहरुको भिडभाड अस्पतालको ओपिडीमा देखिन्छ ।
केही दिन यता अस्पतालमा ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले बताए । ‘कम उमेरका बिरामी बढी आएका छन्,’उनले भने,‘अधिकांशलाई ज्वरो आउने समस्या देखिएको छ ।’ त्यसैगरि इमरजेन्सी वार्डमा पनि अधिकांश ज्वरो र पखालाका बिरामीको अएको सुनाए ।
वर्षात मौसम सुरुवात भएसंगै एक जना ७१ वर्षिय पुरुषलाई डेंगी संक्रमण पोजेटिभ देखिएको छ भने दुई जना महिलामा स्क्रब टाइफस देखिएको जनाए । साउन १ गते देखि १५ गतेसम्म अस्पतालले ६१ जनाको डेंगी जाँच गर्दा एक जना पोजेटिभ र ८६ जनाको स्क्रब टाइफस जाँच गर्दा दुई जनालाई पोजेटिभ देखिएको अस्पतालमा रेकर्डले छ ।
अस्पतालमा प्रसूति सेवा लिनेको आकर्षण बढेको सुचना अधिकारी न्यौपानेले बताए । ‘जसले गर्दा अस्पतालमा झन् चहल पहल बढेको छ,’उनले भने,‘साउनको १५ दिनमा ५९ जनाले प्रसूति सेवा लिएको रेकर्ड छ ।’ सिमित स्रोत साधनको बाबजुद अस्पतालले बिरामीलाई प्रभावकारी सेवा दिईरहेको अस्पालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले जानकारी दिए ।