बर्दिया,साउन १७(फरकसमाचार)/ मानखोलामा माछा मार्न गएकी एक महिला बेपत्ता भएकी छन् । बाँसगढी नगरपालिका–३ की ३५ वर्षिय पार्वती थारु बुधबार खोलामा बेपत्ता भएकी हुन् ।
बाँसगढी नगरपालिका–३ महादेवा स्थित मानखोलामा बुधबार दिउँसो श्रीमान् श्रीमति माछा मार्न गएको बेला खोलामा आएको बाढीले दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता महिलाकी श्रीमान्लाई उद्दार गरिएको र महिला खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ । उद्दार गरिएका ४० वर्षिय जागु थारुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ र बेपत्ता महिलाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।