गुलरिया ईतिहासका साक्षी महिलाः आमाको उमेर १ सय २, छोराको ८१ वर्ष
शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

आमा र चार जना छोरा र बुहारीलेसंगै सामाजिक सुरक्षा भत्ता बुझ्छन् ।

बर्दिया, साउन १८/ लामो उमेर लिएर आएका मध्य १ सय २ वर्षकि फूलमति मुराउँ गुलरिया नगरपालिका वडा नं ७ स्थित गुलरिया गाउँमा बस्ने उनी नगरपालिका भित्र एक्ली महिला हुन् । चार बर्ष अघि लिएको नागरिकताबाट फूलमतिको उमेर १ सय २ वर्ष रहेको खुल्छ । तर, परिवार स्रोतले आमाको उमेर १ सय १० वर्ष भईसकेको दाबी गर्छन् ।

चार वर्ष अघि देखि निरन्तर उनले सामाजिक सुरक्षा भत्ता नविकरण गराउँन गुलरिया नगरपालिकाको वडा नं. ७ कार्यालय पुगिरहेकि छन् । ८० बर्ष माथी उमेरकालाई घरमा गएर कार्ड नविकरण गर्ने सुबिधा वडाले दिएपनि फुलमति भने आफै कार्ड नविकरण गर्न वडा कार्यालय पुग्दा भने कर्मचारी खुसी छन् ।

भत्ता बुझने फूलमति एक्लै होईन उनीसँगै चार जना छोरा र बुहारीले समेत समाजिक सुरक्षा बुझ्दै आईरहेको वडा अध्यक्ष मनोज यादवले जानकारी दिए । ‘आमालाई कार्यालय आउन पर्दैन भनेका छौं,’अध्यक्ष यादव भन्छन्,‘छोरा र बुहारीसँगै आमा पनि कार्यालय आउनुहुन्छ हामीले कार्ड नविकरण गरि सम्मान गरेर घर फकाईदिने गरेका छौं । वहाँलाई भगवानको दर्जा दिएर हामीले व्यवहार गर्ने गरेका छौं ।’

उनीसँगैका गाउँका सहपाठी, साथी संगेनि र छरछिमेकमा कोहि वाचेका छैनन् । आफूलाई एक्ली सम्झिने उनी आफूसँगै सामाजिक सुरक्षा भत्ता लिन उमेर पुगेका छोरा र बुहारीलाई लिएर वडा कार्यालय पुग्न थालेको चार वर्ष भईसकेको छ । नयाँलाई त चिन्छिन्, तर केहि समय भुलिहाल्ने गरेको उनका काईला छोरा अमेरिका मुराउँले बताए ।

मान्यजन नदेखेको धेरै वर्ष भईसेकेको उनले सुनाईन् । गुलरिया एक सय वर्ष अघि कस्तो रहेको समेत अलिअलि सम्झिएको उनले बताईन् । ठमठमि हिड्न सक्ने भएकाले उनको दिन चर्यामा कुनै सास्ती नभएको जेठो छोरा राममनोहर मुराउँले बताए । जेठा छोरा राममनोहरको उमेर ८१ वर्ष छ भने अन्य छोराको उमेर दुई बर्षको फरक रहेको रेर्कडमा देखिन्छ । पाँच भाई छोरा र तीन छोरी जन्माएकि फुलमतिको एउटा छोरा गुमाएकि छन् । बाँकी छोरा र बुहारी उमेर सामाजिक सुरक्षा बुझ्ने उमेर पार गरिसेका छन् । तीन छोरी पनि जिबित छन् ।

फुलमतिको पालनपोषण जिम्मा छोरा र बुहारीका काँधमा छ । पालैपालो छोरा र छोरी कहाँ गएर उनको जिवन चलिरहेको छ ।
छोरा र बुहारीलाई लिएर १ सय २ बर्षकि फुलमति सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय पुग्दा बुधबार सबै दंग भए । वडा अध्यक्ष यादव वृद्धा फुलमतिको स्वागतमा खटिएको दृश्य वडा कार्यालयमा पुग्ने सेवाग्राहीको ध्यान खिच्यो । कुर्सीमा बसेकि फुलमतिको अनुहारमा उत्साह भरेको झल्किन्थ्यो । उनको छेउँमा बसेर सेल्फी खिच्ने कार्यक्रमको केहि बेर तछाड मछाड नै भयो ।

जनप्रतिनिधि र कार्यालयका कर्मचारी सामूहिक तस्बिर कैद गर्दा रमाईलो भएको कर्मचारी लुना आचार्यले सुनाईन् । सन्चो बिसन्चो सोधे र फुलमति फलफुल समेत टक्राउँन कर्मचारी भ्याएका थिए । फुलमतिको अनुहारमा कुनै निराशा थिएन,छोरा र बुहारीसँगै ल्याएकि उनी सामाजिक सुरक्षा भत्ता सामुहिक रुपमा बुझन पाउँने खबरले मन उल्लास भएको सहजै अनुहारमा पढ्न सकिन्थ्यो । फुलमतिसँगै जेठो छोरा राममनोहर, बुहारी र काईलो छोरा अमेरिका बुहारी फुलमतिको साथमा थिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय