लागु औषधसहित युवाहरु धमाधम पक्राउ पर्दै
सोमबार, साउन २१, २०८१ मा प्रकाशित

बर्दिया,साउन २१(फरकसमाचार)/ पछिल्लो समयमा लागु औषध दुव्र्यसनीमा फसेका युवाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला स्थित र बाहिरी जिल्लाबाट दुव्र्यसनीमा फसेका युवाहरु सिमावर्ती भारतीय बजारमा लागु औषध सेवनको लागि जाने गरेको व्यापक गुनासो छ । प्रहरीले सिमामा निगरानी बढाउँदा लागु औषधका सेवनकर्ता सिमावर्ती क्षेत्रबाट धमाधम पक्राउ परिरहेका छन् ।

गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट प्रहरीले लागु औषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–६ का २३ वर्षिय सन्तोष गिरी र २० वर्षिय नविन कंडेल रहेका छन् । दुवै जना सिमावर्ती भारतीय बजार लौकाहीबाट नेपालतर्फ शंकास्पद रुपमा भे ४ प ७३४९ नंम्बरको मोटरसाइकलमा सवार भई आईरहेका थिए । मोटरसाइकल गिरीले चलाएका थिए भने कंडेल पछाडि बसेका थिए ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कंडेलको साथबाट प्लाष्टिक पुरियामा राखेको अवस्थामा ५ सय ५० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरिया प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । त्यसैगरि गत मंगलबार बढैयाताल गाउँपालिका–३ भोलागौडी स्थितबाट बाँसगढी नगरपालिका–६ का ३५ वर्षिय शिवलाल सुनार र दमौलीका २० वर्षिय मनिष शाह ४ सय १० मिलीग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय