बर्दिया,साउन २२ (फरकसमाचार)/ गुलरियामा निर्माणाधिन टायल उद्योगले पूर्णता पाएको छ । दुई बर्ष अघि देखि निर्माण भईरहेको लुम्बिनी सेरामिक्स टायल उद्योगले परीक्षण उत्पादन साउन २१ गते सुरु गरिसकेको छ । लगातार तीन दिन परीक्षण उत्पादन सुरु गर्ने जानकारी दिदै त्यसैगरी उत्पादनको कार्यतालिका अघि बढाउँने भएको छ ।
गुलरियामा अर्बौ लगानी तयारी अवस्थामा आएको टायल उद्योगले परीक्षण उत्पादन सुरु गरेपछि लगानीकर्तामा रौनक थपिएको छ । लुम्बिनी सेरामिक्स टायल उद्योगले परीक्षण उत्पादन सुरु गर्नु गौरवको कुरा भएको लगानीकर्ता श्याम खेतानले बताए । सम्पूर्ण अटोमेटेड जडान उपकरणले कच्चा पदार्थ देखि टायल उत्पादन गर्ने सम्मका सम्पुर्ण काम गर्ने खेतानले जानकारी दिए । कम्पनी ठूलो देखिए पनि प्रयाप्त जनशक्तिको खाचो नपर्ने उनको भनाई छ । ‘सबै किसिमका काम मेसिनबाट गर्ने हुनाले धेरै जनशक्ति चाहिदैन,’उनले भने ।
उनका अनुसार टायल उद्योगका आवश्यक कच्चा पदार्थ वा माटो पहिलो चरणमा डडेलधुराको माटो ल्याबबाट परिक्षण भईसकेको छ । बिभिन्न ठाउबाट माटो कलेक्सन गरेर ल्याबमा उत्कृष्ट माटो छनोट बिधि अघि कम्पनीले अघि बढाएको छ । उक्त उद्योगको प्रमुख टेक्नोलोजि ईटलियन रहेको छ भने सँगसगै चाईना, भारत र स्पाईनिस प्रबिधि कम्पनिले भित्राएको छ ।
करिब पाँच सय मिटर भित्रको अटोमेटेड मेसिन टु मेसिन भएर टायलले पूर्णता पाउँने देखिन्छ । सर्वसाधारणलाई टायल उद्योगबाट निस्कने धुवाले प्रदुषणले भित्राउँने आंशकामा रहेको जनमानसमा उद्योगको चिम्नी अत्याधुनिक रहेको बिश्वस्त हुन आग्रह गर्दै कम भन्दा कम उद्योगको प्रदुषण रहने उनी बताउँछन् । ‘चिम्नी यति अत्याधुनिक छ कि त्यसको जडान मूल्य नै १३ करोड छ,’उनले भने,‘त्यसबाट निस्कने धुँवा अनुभव गर्न सकिदैन कि अनुभुति मात्र गर्न सक्छौ ।’
बिश्वमा पाईने मेसिन मध्य उत्कृष्ट उपकरण जडित टायल उद्योग भएको प्रमुख खेतानको दाबी छ । बिश्वभरीमा डेलिभरी गर्ने एक मात्र बहुचर्चित डिसीएल कम्पनीले यँहा अत्याधुनिक मेसिन जडान गरेको छ । गुलरिया सदरमुकामा आउँदै हुनुहुन्छ भने बबई नदीको भादा घाट नाघे पछि २० बिगाहामा फैलिएको चिटिक्कको भवन लुम्बिनी सेरामिक्स टायल उद्योग हो । उद्योगको जगतमा पहिलो गुलरिया भित्र पस्ने क्रममा गुलरिया नगरमा सौन्र्दयता थपेको देखिन्छ ।
क्राईसिसमा संचालनमा आएको उद्योग भएकाले व्यवस्थित तरिकाले उद्योगले गति लिन समय लिने उनले अनुमान गरे । ‘यतिखेर भगवानसँगको कृपाले उद्योग चल्ने हो,’उनले भने,‘दुई बर्षपछि उद्योग निरन्तर चल्ने र माग अनुसारको उत्पादन बजारमा पुराउँन सक्छौ भन्ने हामीले बिश्वास लिएका छांै ।’