उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

काठमाडौँ,साउन २२/लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको खोड्कु खोला र गौरीघाट आसपासको बागमती नदीले सतर्कताको तह पार गरेको छ।

महाशाखाले नदी र खोलामा पानीको सतह पार गरेका कारण आसपासका बस्तीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै भक्तपुरको हनुमन्ते खोला र ललितपुरको मनोहरा खोला तथा मकवानपुरको लाल बकैयाँमा पनि पानीको सहत बढ्दै गएको महाशाखाले जनाएको छ। नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले आसपासका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय