सहकारीको नाफा करोड बढी
बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,साउन २४/ बढैयाताल गाउँपालिका–६ मैनापोखरमा रहेको साना किसान कृषि सहकारी संस्थाले एक वर्षमा करोड बढी नाफा कमाएको छ । सहकारीको २२औं स्थापना दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको गत वर्षको आर्थिक प्रगति विवरणले एक करोड बढी नाफा कमाएको देखाएको हो ।

आर्थिक वर्ष ०८०/०८१ मा सहकारीले आर्थिक तथा अन्य क्रियाकलापबाट रु ६ करोड ९३ लाख २४ हजार कमाएको साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक माया पोखरेलले सार्वजनिक गरिन् । जसमा सबै खर्च कटाएर रु १ करोड १ लाख ७६ हजार शुद्ध नाफा कमाएको आर्थिक तथा अन्य क्रियाकलापको प्रगति विवरण प्रस्तुत गर्दै मुख्य प्रबन्धक पोखरेलले जनाईन् ।

सहकारीमा कुल १ हजार ९ सय १७ जना शेयर सदस्य छन् जसमा १ हजार ५ सय ६ जना महिला रहेका छन् । सहकारी संस्थामा कुल शेयर पँुजी रु ३ करोड ५४ लाख ५० हजार रहेको जनाईएको छ ।

यस सहकारीले ऋण लगानीका साथै तोरी मिल संचालन गरि शुद्ध तोरिको तेल उत्पादन, रासायनिक मलको कारोबार, तोरी प्रबद्र्धन कार्यक्रम, बाख्रा पालन, दूध उत्पादनको लागि भैंसी गाई पालन कार्यक्रम, तरकारी खेति प्रबद्र्धन कार्यक्रम, माछापालन, घरेलु उद्योग तथा ब्याबसाय लगायतका कार्यक्रममा सहुलियतपूर्ण कर्जा लगानी शेयर सदस्यहरू बिच गरिएको जानकारी गराईएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै यो सहकारी बढैयाताल भित्र उत्कृष्ट सहकारीमा पर्ने र यसले आफ्ना शेयर सदस्यहरुको जिवन उकास्न महत्वपुर्ण योगदान पु¥याएकोले आफुलाई निकै खुसी लागेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।

यस क्षेत्रका किसानलाई आयआर्जनमा जोडेर जिवनस्तर उकास्ने काम सहकारीले गरिरहेको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए ।

सहकारीको स्थापना दिवसको अवसरमा संस्थाको गोदाम परिसर र नेपालगन्ज गुलरिया फोर लेन सडकको बिच भागमा बृक्षारोपण गरिएको छ । कार्यक्रम सहकारीका अध्यक्ष बिष्णु प्रसाद लम्सालको सभापतित्वमा भएको थियोे । कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका प्रमुख सागर ढकाल, साना किसान लघुवितिय कार्यालय नेपालगन्जका प्रमुख विशाल तुलाधर, मैनापोखर क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठि, उद्योग वाणिज्य संघका महासचिब दिपक खनाल, बजार समिति मैनापोखरका अध्यक्ष टीका राम कोईराला, वातावरण संरक्षण अभियन्ता देवकमल पौडेल, संस्थाका उपाध्यक्ष लालजि थारु लेखा संयोजक भुपाल बहादुर पुनलगायत संचालक सदस्यहरू विभिन्न उप–समितिका सदस्यहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर