सर्पको टोकाईबाट एकैदिन दुईको मृत्यु,एक सिरियस
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

बर्दिया,साउन २५(फरकसमाचार) / सर्पको टोकाईबाट एकैदिन दुई बालिकाहरुको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ की बिष्णु चौधरीकी ९ महिनाका छोरा मायरा चौधरी र वडा नंम्बर १ बेलटारी मदन चौधरीको ११ वर्षिय छोरी सोनिमा चौधरीको बिहीबार मृत्यु भएको हो । बिहीबार बिहान ४ बजे मायरा आफ्नो आमासंग घरमा सुतीरहेको अवस्थामा विषालु सर्पले बाँया खुट्टाको पैतलामा टोकेको थियो ।

सात बजे उनलाई बर्दिया अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । त्यसैगरि बिहान ३ बजे सोनिमा सुतिरहेको अवस्थामा एक्कासी अचेत भई उपचारको लागि बर्दिया अस्पतालमा ल्याईएको थियो । उपचारको क्रममा बिहान साढे आठ चिकित्सकले सर्पको टोकाईबाट मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

मधुवन नगरपालिका–२ ओरालीकी ६ वर्षिय रिया चौधरी हाल गुलरिया नगरपालिका–१ गाउँ नंम्बर १५ मन्दिरटोल आफ्नो मामाको घर बस्दै आएकी थिइन् । बालिका बिहान ५ बजे एक्कासी बिरामी भई बर्दिया अस्पताल ल्याउदा चिकित्सकले चेकजाँच गर्दा सर्पले टोकेको आशंका गरि थप उपचारको लागि नेपालगंजको भेरी अस्पतालमा पठाएको थियो । प्रहरीका अनुसार उनको अवस्था सिरियस छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय