ठाकुरबाबा नगरपालिकाको सहयोगमा उद्यमी बन्दै महिला
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

बर्दिया,साउन २५(फरकसमाचार)/ ठाकुरबाबा नगरपालिकाले महिलालाई उद्यमी बनाउन विभिन्न किसिमका कार्यक्रम संचालन गरेको छ । सिपमुलक तालिम दिएर र हेफर नेपालको साझेदारीमा कृषिमा आधारित बाख्रा पालनलगायतको कार्यक्रम संचालन गरेको छ । पहिला घरमा खाली बसेका महिलाहरु आजभोली आफ्नै काममा व्यस्त देखिन्छन् । नगरका किसानलाई आधुनिक खेती कसरी गर्ने सिकाउने उदेश्यले जग्गा लिजमा लिएर खेती गर्न सुरु गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा गत बैशाख देखि जेठसम्म एक महिने तालिम उद्यमी बनाएको सृजनशी महिला उद्यम समूहकी अध्यक्ष उमा मल्लले बताईन् । ‘नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदायक संस्थाबाट तालिम लिएका छौं,’उनले भनिन्,‘नगरपालिकाले तालिम दिलाएर समुह दर्ता गराएर डेढ लाख सहयोग गरेपछि हामीले व्यवसाय सुरु गरेका छौं । स्थानीय स्रोधसाधनबाट उत्पादन गरेको सामानले अहिले मार्केट लिएको छ । थाकलको पात र मकैको खोस्टाबाट उत्पादन गरेको आकर्षक टोली, व्यागलगायतको सामानको माग बढेको छ । समुहमा ४६ जना रहेको उनले जनाईन ।

स्थानीय ठाउँमा पाउने सालको पातबाट बन्ने दुना टपरी उद्योग संचालन गरेको एक वर्ष भएको लक्ष्मी दुना टपरी उद्योगकी संचालक देवि विश्वकर्माले बताईन् । ‘नगरपालिकाले गरेको डेढ लाखको सहयोगले हामीलाई अघि बढाउन मद्दत गरेको छ,’उनले भनिन्,‘अहिले दुना टपरीको माग थेग्न नसकिने अवस्था छ ।’ हामीसंग ५५ जना पात ल्याउने कामदार जोडिएको सुनाईन् । उद्योगमा तीन जना कर्मचारी कार्यरत छन् । ‘हामीसंग सिङगल डाईको मेसिन भएकोले दिनमा १० हजार दुना उत्पादन हुन्छ,’ उनले भनिन्,‘अब डबल डार्डको मेसिन ल्याउन तयारी छ ।’

ठाकुरबाबा नगरपालिकाको आर्थिक वर्ष ०८०/०८१ को प्रगतिको समिक्षा र चालु आर्थिक वर्ष ०८१/०८२ को प्रस्तावित बजेत तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । गत आवको वास्तविक बजेट रु ७२ करोड ९७ लाख ८६ हजार ६ सय ५३ ठाकुरबाबा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । जसमा रु ६२ करोड ६ लाख ७५ हजार ५ सय ७४ खर्च गरेर ८५ दशमलव ५ प्रतिशत प्रगति रहेको जनाए । त्यसैगरि पहिला पालिकामा ३२ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय थिए ।

हामीले शिक्षाको गुणस्तर राम्रो बनाउन विद्यालय मर्ज गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । ‘हाल पालिकामा १८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय छन्,’उनले भने,‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्दा संस्थागत विद्यालय पलायन भईरहेका अवस्था छ ।’ ३ वटा संस्थागत विद्यालय सामुदायिक विद्यालयमा समाहित भएको जनाए ।

शैक्षिक सत्र २०८० मा ८ सय ७६ एसइइको विद्यार्थी मध्ये ३ सय ५८ विद्यार्थी उत्तीर्ण भएको जनाए । ४० दशमलव ८६ उत्तीर्ण प्रतिशत ल्याएर जिल्लामा पहिलो रहेको सुनाए ।

ठाकुरबाबा नगरपालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को बिनियोजित जम्मा बजेट रु ८७ करोड ८८ लाख ५० हजार ५ सय ३२ रहेको प्रमुख प्रशासकीय अधिकृत रिजालले सार्वजनिक गरे । जसमा चालु तर्फ रु ५२ करोड ८० लाख ९६ हजार ९ सय ३२ र पुँजीगत तर्फ रु ३५ करोड ७ लाख ५३ हजार ६ सय रहेको जनाए । संघिय सरकारको ६४ दशमलव ९० प्रतिशत, प्रदेश सरकारको ४ दशमलव ७९ प्रतिशत र आन्तरिक स्रोतको ३० दशमलव ३० प्रतिशत रहेको जनाए । चालु आर्थिक वर्षमा पालिकाले छोरी विमा कार्यक्रम, नगरवासीको स्वर्गारोहणमा घाटसम्म निशुल्क शव वाहन सेवा, एक घर एक बृक्षारोपणलगायतको नयाँ कार्यक्रम ल्याएकोे प्रमुख प्रशासकीय अधिकृत रिजालले प्रस्तुतीकरण गरे ।

निकुञ्ज र स्थानीय पालिकाले बनाएको ऐन कानुन बाझिएको ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख विना कुमारी भट्टराईले बताईन् । ‘निकुञ्जसंग समन्वय गरेर काम सहज त भएको छ,’उप–प्रमुख भट्टराईले भनिन्,‘तर त्यस्ता बाझिएका ऐन कानुन खारेजीको लागि पहल गर्न जरुरी छ ।’

स्थानीय विकासलाई प्रमुख आधार मानेर अघि बढिरहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालले बताए । ‘शिक्षा र स्वास्थ्यलाई त्यहि अनुसार अघि बढाएका छौं,’नगर प्रमुख लम्सालले भने,‘जबसम्म शिक्षा र स्वास्थ्यलाई अघि बढाउन सक्दैनौ, तबसम्म नागरिकलाई अन्यत्र जोड्न सक्दैनौं र समाजलाई रुपान्तरण गर्न सक्दैनौं ।’ पुर्वाधार विकासको लागि संघिय र प्रदेश सरकारको सहयोगमा अघि बढाएका छौं । नागरिकहरुसंग लिएको करलाई सामाजिक क्षेत्र र आर्थिक विकासको क्षेत्रमा खर्च गर्ने प्रयत्न गरेको नगर प्रमुख लम्सालले भनाई राखे ।

ठाकुरबाबा नगरपालिकाले गत वर्ष गरेको योजनाको संचारकर्मीलाई बिहीबार अनुगमन गराएको छ । नगरपालिकाले संचालन गरेको नगर अस्पताल, निर्माणधिन १५ शैयाको नगर अस्पताल भवन, माछा पालन, धान खेती र गौशालाको अनुगमन गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय