जलवायु परिवर्तन सम्बन्धि सचेतना फैलाईदै
आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,भाद्र १६/ जनजागरण महिला संघको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा वातावरण सरसफाई तथा जलवायु परिवर्तन सम्बन्धि सचेतना मुलक तालिम दिईएको छ । बढैयाताल गाउँपालिका तथा बाँसगढि नगरपालिकाका विभिन्न वडाका पाँच वटा महिला समुहका १ सय २५ जना एकल महिलालाई जलवायु परिवर्तनका असर र वातावरण सरसफाइ सम्बन्धी बिहीबार एक दिने अभिमुखिकरण गरिएको हो ।

उक्त अभिमुखिकरण कार्यक्रममा सहभागी महिलाहरूलाई वातावरण संरक्षणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ आँप र कागतीका बिरुवा समेत दिईएको जानकारी जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेलले जानकारी दिईन् ।

बढैयाताल गाउँपालिका–३ को सतपतियामा भएको कार्यक्रममा वडाका अध्यक्ष लल्लन अहिरले यस जनजागरण महिला संघले समाजमा निकै सराहनीय काम गरेको कुरा व्यक्त गरेका थिए । कार्यक्रम कार्यपालिका सदस्य चन्द्रकला बिक, एकीकृत कृषि तथा पशुपन्छि कार्यालय बर्दियाका रज आर्चाय, समाजसेवी रामचन्द्र थारु र संघको उपाध्यक्ष सोनु बराईलि लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बढैयाताल गाउँपालिका –३ सतपतिया गाउँमा रहेको एकता एकल महिला समुहका २५ जना महिला दिदिबहिनीहरुको सहभागीता रहेको थियोे ।

वातावरण र सरसफाइ तथा जलवायु परिवर्तन बारे सहजकर्ता कृष्ण बिक र कृषि उत्पादन, कृषिबालीमा लाग्ने रोग र रोगथाम, उपचारका बिधि, प्रक्रिया र बोट बिरुवाले जलबायु परिबर्तनलाई कसरी रोक्न सक्छ भन्ने बिषयमा एकीकृत कृषि तथा पशुपन्छि कार्यालय बर्दियाका रज आचार्यले सहजीकरण गरेका थिए ।

यस संघको विस २०५६ सालमा स्थापना भएको र हाल सम्म यस संघले विभिन्न दातृनिकायहरुसंग सहकार्य गरि महिलाहरूको नेतृत्व बिकास, क्षमता अभिबृद्धि, शिपमुलक तालिम, आयआर्जनमा सहयोग, बिपन्न परिवारका बालबालिकालाई पोषण सहयोग कार्यक्रम, बिपदमा परेकालाई सहयोग लगायतका कार्यक्रम गर्दै आईरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर