दीपकलाल श्रेष्ठ
बर्दिया, भाद्र २०/ गुलरिया नगरपालिका–४ कोटहि माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोध सर्वसम्मत चयन भएकी छन् । गत शुक्रबार आयोजित अभिभावक भेलाले लोधसहित ओम प्रकाश लोध, असर्फी यादव र निर्मला चौहान गरि ४ जनालाई सदस्य पदमा सर्वसम्मत चयन गरेको थियो ।
विद्यालयको पदेन सदस्यमा वडा नम्वर ४ का अध्यक्ष सुरेश गौतम, प्रधानाध्यापक मदन सिग्देल र शिक्षक प्रतिनिधि भीम प्रसाद पौडेल गरि ३ जना छन् ।
निर्वाचित र पदेन सदस्यहरूको बहुमतले बुधबार शान्तादेवी ज्ञवाली र इस्राइल बेहेनालाई सदस्यमा मनोनित गरि समितिलाई पूर्णता दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको पूर्णतासंगै बसेको पूर्ण बैठकबाट बहुमतको निर्णयले अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोधलाई सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक मदन सिग्देलले जानकारी दिनकारी दिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल ३ बर्षको रहने छ ।