‘खगेश्वर गौतम विद्यार्थी प्रतिभा पुरस्कार’सात विद्यार्थीलाई प्रदान
शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,भाद्र २१/बढैयाताल गाउँपालिकाका चार विद्यालयका सात विद्यार्थीलाई ‘खगेश्वर गौतम विद्यार्थी प्रतिभा पुरस्कार’प्रदान गरिएको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरमा रहेको शारदा माध्यमिक विद्यालयका सेवा निर्बृत शिक्षक खगेस्वर गौतमले आफ्नै रकमबाट स्थापना गरेको ‘खगेस्वर गौतम विद्यार्थी प्रतिभा पुरस्कार २०८०’ को पुरस्कार बुधबार सात विद्यार्थीलाई एक कार्यक्रम बिच प्रदान गरिएको हो ।

शैक्षिक सत्र २०८० मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने शारदा माध्यमिक बिधालयका कक्षा १२ का सुसिला पौडेल र अभिषेक थारु, जनता आधारभुत बिधालय भदोहिका मनिष बोहोरा र मन्जिता थारु, सर्बोदय प्राबिका कृष्ण पण्डा र करिना थारु साथै प्रगति आधारभुत बिधालयका प्रीज्मा थारुसहित सात विद्यार्थीहरुलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।

विस २०७७ सालमा आवश्यक प्रक्रिया पूरा गरि स्थापना गरिएको यस कोषको राशि तीन लाख रहेकोमा यस बर्ष आफुले एक लाख रुपैया थप गरेर चार लाख पुर्याउने लक्ष्य लिएको कोषका संस्थापक खगेश्वर गौतमले जानकारी दिए । कोषको रकम बैंकमा मुद्दती खाता खोलि राखिएको र आउने ब्याजबाट प्रत्येक बर्ष उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरु छनौट गरि पुरस्कार दिईने गरिएको सुनाए । कार्यक्रममा बोल्दै बक्ताहरुले अबकास प्राप्त शिक्षक खगेस्वर गौतमले शिक्षाको क्षेत्रमा विद्यार्थीहरुको मनोवल बढाउन थालनी गरेको कार्यको प्रसंशा गरेका थिए । यस महान कार्यमा जोडिन सबैलाई आग्रहसमेत गरेका थिए ।

कार्यक्रम शारदा माध्यमिक बिधालयका अध्यक्ष गोबिन्द प्रसाद त्रिपाठिको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा बढैयाताल वार्ड न ६ का अध्यक्ष शुक्र राज सापकोटा, शारदा माबिका प्रअ दिनबन्धु यादब, मैनापोखर क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठि, खगेस्वर गौतम विद्यार्थी प्रतिभा पुरस्कार कोषका संस्थापक खगेस्वर गौतम, समाजसेबि यदुनन्दन शर्मा, लिलाकन्ठ पोख्रेल, बेनि माधब पौडेल, बिधालय संचालक समितिका सदस्यहरू, बिधालयका शिक्षक शिक्षिका, अभिभाबक, संचारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय