बाघ प्रेमी लियोनार्डोले रोपेको ‘राजबृक्ष’लाई वेवास्ता
शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र २१/ हलिउडका नायक बाघ प्रेमी लियोनार्डो डिक्यापिओले रोपेको राजबृक्षलाई बुढौलिले छोप्दा साहारा बिहिन बन्दै गएको छ । ठाकुरबाबा नगरपालिका स्थित जगदम्बा माबिमा परिसरमा १४ बर्ष अघि रोपेको बिरुवालाई बुढौलिले छोप्दा बेसाहारा बन्दै गएको हो ।

सन २०१० मा पश्चिम नेपालको पर्यटकिय गन्तव्य ठाकुरद्वारामा तीन दिनको बसाईका क्रममा मढेलाको बिद्यालयमा लिओनार्दोले राजबृक्ष रोपेका थिए । जगदम्बा माबिमा रोपेको विरुवा लक्का जवानीमा पर्यटकको आर्कषक केन्द्रका रुपमा देखिएपनि विस्तारै बेसाहारा बन्दै गएको देखिन्छ । लियोनार्दोले बिद्यालय परिसरमा रोपेको विरुवाले बिद्यालय देश बिदेशमा चिनिए पनि वर्तमान अवस्थामा बिद्यालयको व्यबस्थापनको वेवास्ताले राजबृक्षको अवस्था कमजोर बन्दै गएको छ ।

उक्त बिद्यालयमा उच्च माबिका छात्र र छात्रा अध्ययनरत छन् । तर,हलिउडका स्टार लियोनार्दोले रोपेको बिरुवामा बारेमा अध्ययनरत बिद्यालयका बिद्यार्थी अनभिज्ञ छन् । बिद्यालय परिसरमा रहेको उच्च शिक्षा अध्ययनरत अधिकांश छात्र र छात्रालाई बिद्यालयमा लियोनार्डोले रोपेको बिरुवा जानकार नहुनु दुःखद बिषय भएको संरक्षणकर्मी टिप्पणी गर्छन् । ‘बिद्यालयमा नव प्रबेशी बिद्यार्थीलाई ईतिहारको बारेमा जानकारी नगराउँनु लापरबाही होे’उनी भन्छन्,‘बिश्वको महानायकले रोपेको बिरुवा जानकारी बिद्यार्थीलाई नदिनुले शिक्षकले अतिरिक्त के जानकारी दिईरहेका छन् भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।’

बिश्वमा चर्चित लियोनर्डोले रोपेको बिरुवाको बारेमा हामी अनभिज्ञ रहेको छात्रा राजकुमारी थारुले आश्चर्य प्रकट गरिन् । ‘रुख त बुढो भईसकेको रहेछ’उनले भनिन्,‘यस्तो महत्वपूर्ण बिषयमा शिक्षकले समेत हामीलाई जानकारी नदिनु दुःखद कुरा हो ।’

बिद्यालय परिसरमा हुर्किसकेको बिरुवामा बिद्यालयले स्याहार सुसारमा ध्यान नदिएको जस्तै देखिन्छ । बुढौली बिरुवाको वरीवरी झार गोडमेल नगर्दा लियोनार्दोले रोपेको राजबृक्षलाई अपहेलना गरेको जस्तै देखिएको छ । बिश्वमा चर्चित नायक लियोनार्दो रोपेको विरुवाको दिर्घकालिन संरक्षणको अवधारणा अनुरुप बिद्यालयले व्यबस्थापनमा लाग्न पर्ने वन तथा वातावरण पत्रकार पिताम्बर सिग्देलले औल्याए ।

‘लियोनार्डोले रोपेको बिद्यालयलाई टुर प्याकेजमा राख्न सकिन्छ’उनले भने,‘राजबृक्षलाई दिगो संरक्षण गरेर संरक्षणको चेतना जगाउँन सके भबिष्यमा ठूलो उपलब्धि हात पर्छ ।’ बिद्यार्थीलाई दिगो संरक्षण अबधारणा दिमागमा ल्याउँन यस्ता उदाहरण प्रस्तुत गर्न सजिलो माध्यम हुने उल्लेख गर्दे बिद्यार्थी मार्फत अभिभावलाई संरक्षणमा अभिपे्ररित गर्न सकिने पत्रकार सिग्देललको भनाई छ ।

लियोनार्डोले बर्दियाको बिद्यालयमा रोपेको राजबृक्ष सामान्य बिषय नभएर गम्भिर रुपमा सोच्न पर्ने बिद्यालय व्यबस्थापनलाई उनले सुझाव दिन्छन् । लियोनार्दोसँगै आएका फोटो पत्रकारले कैद गरेका कारण बिश्वमा बर्दिया राष्ट्रिय निकुञ्ज बाघ पर्यटन रहेको चर्चा देशबिदेशका चुलिएको छ ।

निकुञ्जमा एउटा वा दुई वटा बाघको फोटो कैद भएपनि लियोनर्डोले समुहमा बाघको तस्बिर कैद गरेरे सार्वजनिक गरेका थिए । हलिउडका स्टार लियानार्दोले रोपेको बिरुवाको बारेमा छात्र र छात्रा अनभिज्ञ रहेको प्रश्नको जवाफमा नाम नखोल्ने शर्तमा एक शिक्षकले भने संरक्षणको काम बिद्यालयले व्यबस्थापन तर्फको रहेको ईगित गरे । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय