बर्दिया,भाद्र २६(फरकसमाचार)/ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गुलरियाका तीन सामुदायिक विद्यालयलाई फोटोकपी प्रिन्टर सहयोग गरेको छ । सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले मंगलबार एक कार्यक्रम बिच तीन विद्यालयलाई प्रिन्टर सहयोग गरेका हुन् । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको जनाईएको छ ।
गुलरिया नगरपालिका–५ स्थित बालमन्दिर आधारभूत विद्यालय, गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माध्यामिक विद्यालय र वडा नंम्बर ९ ओम शान्ति आधारभूत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको जनाईएको छ । सिटिजन्स बैंक गुलरिया शाखाको सिफारिसमा तीन विद्यालयहरुलाई प्रिन्टर उपलब्ध गराईएको छ ।
मकदे माविका अध्यक्ष शाहबुदिन शेष, बालमन्दिर आविका प्रधानाध्यापक दया पौडेल र ओम शान्ति आविका प्रधानाध्यापक अनिल श्रीवास्तवलाई एक/एक वटा क्यानोन प्रिन्टर हस्तान्तरण गरिएको सिटिजन्स बैंक गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्यले जानकारी दिईन् ।
बंैकले देशको ६० वटा जिल्लामा १ सय ९७ शाखामार्फत आर्थिक कारोबार गरिरहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए । ‘बैंकले लुम्बिनी प्रदेशको ९ जिल्लामा शाखा बिस्तार गरेको छ,’सिईओ पोखरेलले भने,‘बर्दियाको ३ वटा शाखामार्फत बैंकले आर्थिक कारोबार गरिरहेको छ ।’
बैंकले बर्दियामा वार्षिक १ सय ७५ करोड कारोबार गरेको जनाए । नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्चिनु पर्ने व्यवस्था अनुसार प्रत्येक वर्ष विद्यालय,अस्पताल र खेलकुद क्षेत्रमा सहयोग गर्दै आइरहेको सिईओ पोखरेलले जानकारी दिए । प्रिन्टर हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ गुलरियाका वरिष्ठ उपाध्यक्ष ईन्द्र कुमार श्रेष्ठलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।