गुलरियामा ४३ युवाले गरे रक्तदान
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ३०(फरकसमाचार)/ ४३ जना युवाहरुले रक्तदान गरेका छन् । जश्ने ईद मिलादुन नबी(मोहम्मद डे १४९९औं)को अवसरमा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४३ जना युवाहरुले रक्तदान गरेका हुन् ।

गुलरिया नगरपालिका, उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे, भादा इट्टा उद्योग, निलो आयल स्टोर, बड्काउ किराना पसल, सना स्टील फर्निचर उद्योग, मोहम्मद माछा खरिद बिक्री केन्द्र राजापुर र मुजफ्फर अली मनिहारको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र नेपाल मुस्लिम युवा संगठन जिल्ला कार्य समिति बर्दियाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

खुल्ला रक्तदान कार्यक्रममा ४२ पुरुष र १ महिला गरि ४३ जनाले रक्तदान गरेको नेपाल मुस्लिम युवा संगठन जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष बाबु नेपालले बताए । ‘४३ पिन्ट जम्मा भएको रगत रेडक्रसको रक्त संकलन केन्द्रमा राखिनेछ,’अध्यक्ष नेपालले भने,‘अस्पतालमा उपचाररत बिरामीलाई रगतको आवश्यक पर्दा त्यहीबाट सहजै रगत उपलब्ध हुनेछ ।’ बिरामीलाई रगतको अभाव हुन नदिने उदेश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष नेपालले जनाए ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर