जनमतको अध्यक्ष राउतसहित सिङ्गो टिम गुलरियामा
सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ३१(फरकसमाचार)/ कार्यकर्तालाई प्रशिक्षण तथा नजिकिदै गरेको पर्वको शुभकामनाको लागि जनमत पार्टीको सिङ्गो टिम गुलरियामा देखिएको छ । जनमत पार्टी बर्दियाको आयोजनामा आयोजित प्रशिक्षण तथा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधनको लागि जनमतको सिङ्गो टिम आइतबार गुलरियामा देखिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले पार्टीका कार्यकर्ताहरुलाई आवश्यक प्रशिक्षण तथा नजिकिदै गरेको चाडपर्वको शुभकामना दिएका छन् । आवश्यक प्रशिक्षण तथा चाडपर्वको शुभकामना दिएर अध्यक्षलगायतको टिम आइतबार नै फर्किसकेको जनमत पार्टी बर्दियाका प्रवक्ता राम दुलारे(विपिन)सोनकारले जनाए ।

प्रशिक्षण तथा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका अध्यक्ष राउतसहित जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघिय सांसद अब्दुल खान, वरिष्ठ उपाध्यक्ष दिपक कुमार शाह, राष्ट्रिय परिषद् अध्यक्ष तथा अनुशासन विभागका प्रमुख जयकान्त राउत, राष्ट्रिय सचिव राधा यादव, लुम्बिनी प्रदेश सांसद सुमन शर्मा, जनमत पार्टी बर्दियाका अध्यक्ष राजेश यादवलगायत कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर