बर्दिया,असोज १ (फरकसमाचार)/ इस्लाम धर्मालम्बीहरुले गुलरियामा ‘मोहम्मद डे’ धुमधामका साथ मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९औँ जन्मोत्सव मुस्लिम समुदायले गुलरियामा सोमबार धुमधामकासाथ मनाएका हुन् ।
सोमबार गुलरियामा मुस्लिम समुदायले बाजागाजासहित ¥याली निकालेका थिए । निकालिएको ¥यालीले नगरपरिक्रमा गरेको थियो । ¥यालीमा मुस्लिम समुदायको बाक्लो उपस्थिती रहेको थियो । सोमबार दिउँसो गुलरिया बजारको सडक केही बेर अस्त व्यस्त बनेको थिए । गुलरिया नगरपालिका भरिका मुस्लिम समुदायका व्यक्तिहरुले गाडी मोटर लिएर ¥यालीमा सहभागिता जनाएका थिए ।
‘मोहम्मद डे’को अवसरमा मस्जिदहरूमा कुरान पाठ गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने जस्ता क्रियाकलाप गर्ने चलन रहेको मुस्लिम समुदायका अगुवाहरुले बताउँछन् ।
हजरत मोहम्मदको जन्मोत्सवको अवसरमा गुलरिया नगरपालिका–६ भन्सार रोड मुस्लिम समुदायले दुई तीन दिन अघि देखि झिलिमिली बत्तीले सजाएका थिए । झिलिमिली बत्तीले झन् रौनक बढाएको थियो । ‘मोहम्मद डे’ को अवसरमा सोमबार गुलरिया नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।