बर्दिया,असोज २(फरकसमाचार)/ आसन्न असोज ५ गते हुने उद्योग वाणिज्य संघको १०औं अधिवेशनको लागि जिल्ला स्थित रहेका नौ पार्टीको सहमतिमा सर्वपक्षिय समावेशी प्यानल घोषणा गरिएको छ । सर्वपक्षिय समावेशी प्यानल प्रचार प्रसार समितिले मंगलबार पत्रकार सम्मेलन गरि प्यानल घोषणा गरेको हो ।
लामो समयको कसरतपछि नौ पार्टीबिच सहमति जुति अध्यक्ष पदमा देवेन्द्र (मंगल) पाण्डेले उद्योग वाणिज्य संघमा नेतृत्व हुनेगरि सर्वपक्षिय समावेशी प्यानल घोषणा भएको हो । सर्वपक्षिय समावेशी प्यानलमा अधिकांश पुरानै अनुहार दोहोरिएको देखिन्छ भने कतिपय नयाँ अनुहार छन् । सबै उद्योगी व्यापारीहरुलाई मिलाएर सर्वपक्षिय समावेशी प्यानल तयार गरि निर्वाचनको लागि अघि बढेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
आसन्न निर्वाचनको लागि सर्वपक्षिय समावेशी प्यानलले घोषणा गरेको उम्मेदवारमा अध्यक्ष पदमा देवेन्द्र (मंगल) पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रथममा इन्द्र कुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुरेन्द्र वागाले, तृतिय उपाध्यक्षमा विष्णु कुमार सेठ्ठी, महासचिवमा मोहित पौडेल, सचिवमा श्रीकृष्ण थारु, कोषाध्यक्षमा केशव रिजाल, सहकोषाध्यक्षमा लिला सुनार छन् । त्यसैगरि सदस्यमा घनश्याम लोध, जकिर हुसेन (डाक्टर), सुमित्रा चौधरी, कुमार पुरी, नविन चौधरी, मोहम्मद मैहमुद रजा मनिहार, पिताम्बर घिमिरे, सुरेन्द्र गौतम, ओसिम अहमद ईद्रिसी, अशोक कुमार केसी, रमेश रावल र सरदिप ढुङगाना छन् ।
गत कार्यकालमा उद्योगी व्यापारीको हकहितको लागि लड्दा लड्दै कतिपय काम गर्न नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र (मंगल)पाण्डेले बताए । ‘बाँकी कामलाई पुनःनिरन्तरता दिन सर्वपक्षिय प्यानल बनाएर अघि बढेका छौं,’अध्यक्ष पाण्डेले भने,‘सबै उद्योगी व्यापारीहरुले सर्वपक्षिय समावेशी प्यानललाई आसन्न निर्वाचनमा विजयी गराउन आग्रह गर्दछु ।’