छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार
शनिबार, असोज १२, २०८१ मा प्रकाशित

बाँके,असोज १२/ पछिल्लो समय विभिन्न विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसै क्रममा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा न १६ बस्ने प्रबल शर्मा र अजिता अधिकारीले आफ्नो छोरी प्राची शर्माको जन्मउत्सबको अवसरमा प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी उपहार दिएका हुन ।

उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को नेपालगन्ज शाखा कार्यालयबाट २० लाख रुपैयाँ बीमाङ्कको जिवन किरण बीमा पोलिसि उपहार दिएका हुन् ।

छोरीको उज्वल भविष्यका लागि भन्दै उनले २० लाख बीमा पोलिसि उपहार स्वरुप दिए । उक्त बीमालेख दिँदै बीमा कम्पनीका नेपालगन्ज शाखा प्रमुख टीकाराम बोगटी र क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले उल्लेखनिय कार्यको लागि बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय