बर्दिया,असोज १४(फरकसमाचार)/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बर्दिया आउने कार्यक्रम स्थगित भएको छ । देशभर बाढी पहिरोले अस्तव्यस्त बनाएपछि अध्यक्ष प्रचण्ड भोली असोज १५ गते बर्दिया आउने कार्यक्रम स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता रामचरण थारुको ९औं स्मृति सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डले असोज १५ गते बर्दियाको गेरुवा गाउँपालिका जनकनगर आउने कार्यक्रम तय भएको थियो ।
बाढी पहिरोले देशभर निम्त्याएको विपद्का कारण अध्यक्ष प्रचण्ड बर्दिया आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुरेश पन्थले जानकारी दिए ।