संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा कर्णाली र सुदुरपश्चिमको अनुगमन
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

महेन्द्रनगर, असोज १८/ संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पा सहितको टोलिले राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । महाकाली सिचाई आयोजना तेस्रो चरणको अनुगमनका क्रममा बुधबार महेन्द्रनगर पुगेका सभापति सहितको संयुक्त टोलिले उक्त कुराको ध्यानाकर्षण गराएका हुन् ।

यही असोज १३ गतेदेखी भेरी, बबई हुँदै महाकाली सिचाईको तेस्रो चरणको अनुगमनका क्रममा महेन्द्रनगर पुगेको समितिले सबै ठाउँका एक किसिमका समस्या रहेको समितिले पाएको र समाधानका लागि सरकारको ध्यानाकर्षण गराईने संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पा बताए ।

‘सबै ठाउँमा एक–एकै किसिमका समस्या रहेको मैले अनुगमनका क्रममा पाएँ यसको समाधानका लागि हाम्रो यो समितिले सरकारको ध्यानाकर्षण गराउँछौ,’ सभापति शेर्पाले भने,‘पहिलो समस्या त बजेट कै देखियो, स्रोत एकिन नगरी ठेक्का लगाउँदा ठेकेदारले झुक्तानी नपाउने अनि काम ढिलो हुने समस्या रहेको, अरु कहिँ मु–आब्जाको समस्या पनि देखियो, देखिएका सबै समस्या समाधानका लागि पहल गरिनेछ ।’

आयोजना ढिलासुस्तीको कारण पत्ता लगाउन फिल्ड अनुगमनमा निस्केको बताए । काठमाण्डौ पुगे लगत्तैबाट आफुहरुले समस्या समाधान तर्फ लाग्ने सभापति शेर्पाले सुनाए । अनुगमनमा इन्द्रादेवी गौतम, माननीय किरणबाबु श्रेष्ठ, माननीय गोपी बहादुर सार्की अछामी, उपसचिव सरस्वती मरहट्टा, संघिय सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सहयोग परियोजना कर्णाली र सुदुरपश्चिम प्रमुख क्यारिना श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय