कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते
बुधबार, असोज २३, २०८१ मा प्रकाशित

बाँके,असोज २३ / बाँकेको कोहलपुरमा दुर्घटना भएको छ । कोहलपुर नगरपालिका–१० स्थित काठमाडौँबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प  ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा गाउँपालिका–२ घर भएका २१ वर्षीय तेज विक्रम मल्ल घाइते भएका छन् ।

बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए । स्रोत रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय