प्लाष्टिकको माला प्रयोग गरे कारवाही गर्ने ठाकुरबाबा नगरपालिकाको चेतावनी
मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ६(फरकसमाचार)/ प्लाष्टिकको माला तथा पुष्प सामाग्री प्रयोग गरे ठाकुरबाबा नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ । नजिकिदै गरेको चाडपर्वमा प्लाष्टिक माला तथा पुष्प प्रयोग नगर्न नगरवासीलाई ठाकुरबाबा नगरपालिकाले सुचना मार्फत चेतावनी दिएको हो ।

ठाकुरबाबा नगरपालिकाले विगतका आर्थिक वर्षहरु देखिनै प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै लैजाने नीति अवलम्बन गरेको छ । तसर्थ ठाकुरबाबा नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी, व्यवसायी र नगरवासीले आउँदै गरेको चाडपर्वमा प्लाष्टिकका माला प्रयोग नगर्न नगरपालिकाले सुचनामार्फत आग्रह गरेको छ ।

अटेर गरि प्लाष्टिकका माला तथा पुष्प प्रयोग गरेको पाईएमा नियमानुसार कारवाही गरिने प्रकाशित सुचनामा उल्लेख छ ।

चाडपर्वको यो समयमा प्लाष्टिकजन्य फूलका मालाको अत्यधिक प्रयोग हुने भएकोले प्लाष्टिकजन्य फूलको सट्टा स्थानीय कृषकहरूले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय