भन्सार बुझाएको अस्वस्थकर तरकारी आफूखुसी लिलामी
बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ७(फरकसमाचार)/ राजापुर भन्सार कार्यालयले बिगत देखि नै आफूखुसी तरकारी लिलामी गर्दै आएको छ । भारतबाट तरकारी भित्राउँन स्वस्थ्यकर जाँच(क्वारेन्टाईन) अनिवार्य गरेपनि भन्सार बुझाएको तरकारी आफूखुसी लिलाम गर्दा स्वास्थ्य जोखिम बढ्ने बिषयलाई वेवास्ता गर्दै आएको छ ।

प्रहरीले नेपाल भित्राउँन तरकारी स्वस्थकर नरहेको भन्दै भन्सार बुझाउँछन् तर बरामद तरकारी स्वस्थकर हो वा होईन जाँच नगरी धमाधम लिलामी प्रक्रियाबाट भन्सारले राजश्व उठाईरहेको छ । यसअघि त्यहि तरकारी भन्सार गराएर नेपाली बजारमा बिक्रि वितरण भएपनि पछिल्लो समयमा भन्सारको आफुखूसी तरकारी लिलाम प्रक्रिया गलत भएको पुष्टि हुन्छ ।

राजापुर भन्सार कार्यालयले मनोमानी तरिकाले भारतीय तरकारी लिलाम गर्ने गरेको खुलेको छ । भारतबाट ल्याईएको तरकारी बरामद गरि चेकजाँच गर्न ल्यावमा नपठाई मनोमानी तरिकाले लिलाम गर्ने गरेको तथ्य खुलेको हो ।
जिल्लामा पशु क्वारेन्टाईन चेक पोष्ट छ तर, तरकारीको विषादी चेकजाँच गर्ने ल्याव छैन । जस कारणले भारतबाट ल्याइएको तरकारीको भन्सारमा रोक लगाईएको छ ।

चोरी पैठारी गरि भारतबाट ल्याईएको तरकारी प्रहरी र भन्सार कार्यालयका कर्मचारीले बरामद गर्छन् । बरामद गरिएको तरकारीको चेकजाँच नगराई भन्सार कार्यालयले मनोमानी तरिकाले लिलामी गर्ने गरेको छ । लिलामी प्रक्रियाबाट खरिद गरिएका तरकारी व्यवसायीले बजारमा सजिलै बेच्ने गरेका छन् । बरामद गरिएका भारतीय विषादी युक्त तरकारी भन्सारले लिलाम गर्दा आम उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरिएको सर्वसाधारणले गुनासो गर्छन् ।

आम उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गरि भन्सार कार्यालयले बरामद तरकारी ल्यावमा चेकजाँच गराएर मात्र लिलामी गर्न आम उपभोक्ताहरुले माग गरेका छन् । प्रहरी वा भन्सारका कर्मचारीले बरामद गरेको भारतीय तरकारी सिध्दै लिलाम गर्ने गरेको राजापुर भन्सार कार्यालयका सुचना अधिकारी राम कुमार बुढा मगरले बताए । ‘यहाँ तरकारी चेकजाँच गर्ने ल्याव छैन,’सुचना अधिकारी मगरले भने,‘जसले गर्दा बरामद भारतीय तरकारी सिध्दै लिलाम गरेका छौं ।’

यस्तै राजापुर भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीको निर्देशनमा ताराताल छोटी भन्सार कार्यालयले चिनीको भन्सारमा रोक लगाईएको थियो । यसरी भन्सारले चिनीको भन्सार रोक लगाएपछि चिनीको तस्करी बढेको सर्वसाधारणले गुनासो गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय